२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्री दिवाकर भट्टराईज्यूलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा यस लघुवित्त वित्तीय संस्थाको मिति २०८२\०७\१९ गते बसेको सञ्चालक समितिको बैठकलेवहाँलाई यस वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको छ ।
उक्त पदमा यस अघि सञ्चालक श्री सुमन थपलियाज्यू संस्थापक समूहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।
नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाली गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका दिवाकर भट्टराई हाल एनआईसी एशिया बैंक लिमिटेडमा Chief Agriculture and Other Corporate Loan को रुपमा कार्यरत रहेका छन् ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij