२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ७८ पैसा रहेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ३८.०४ प्रतिशत घटेको हो।
बैंकको खुद ब्याज आम्दानी भने सामान्य बढेको छ । समिक्षा अवधिमा बैंकको आम्दानी १.५९ प्रतिशत बढेर २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । बैंकको संचालन नाफा ४२.११ प्रतिशत घटेर ४३ करोड ८१ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।
हाल बैंकको खराब कर्जा ५.४२ प्रतिशत रहेको छ भने बैंकको प्रतिसेयर आम्दानी ५.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८४.८९ रुपैयाँ छ । बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने बैंकले जगेडा कोषमा २० अर्ब ६६ करोड ८६० लाख रुपैयाँ राखेको छ ।
बैंकको निक्षेप २.१७ प्रतिशत बढेर ३ खर्ब ७५ अर्ब ९६ लाख रुपैयाँ पुगेको छ । कर्जा प्रवाह पनि २.६७ प्रतिशत बढेर २ खर्ब ८२ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij