२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै डा. बाराकोटीले शुक्रबार स्वास्थ्य मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
अतिरिक्त सचिव समेत रहेका डा। बाराकोटीको सरकारी सेवाको अवधि अझै दुई वर्ष बाँकी नै थियो । राजीनामाबारे जिज्ञासा गर्दा उनले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको खुलाए । उनी केही समय अगाडि बिरामी परेका थिए । आईसीयूमै राखेर उनको उपचार गरिएको थियो ।
‘मलाई स्वास्थ्य झन् झन् बिग्रँदै गयो । परिवारबाट टाढा रहेर काठमाडौंमा एक्लै डेरा गरेर बस्नुपर्यो,’ डा. बाराकोटीले भने, ‘ काम गर्न नसक्ने भएपछि जिम्मेवारीपूर्ण पदमात्रै ओटकेर बस्न नहुने मानसिकताको साथ राजीनामा दिएको हुँ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij