२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । काठमाडौंको वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार ३० वर्षीय युवकको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका १६ वनस्थलीस्थित सडकमा प्रदेश नम्बर ०३–०१– ००६ ख १६५६ नम्बरको टिपरले बा प्र ०२–०४८ प ३५३४ नम्बरको मोटरसाइकलाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका ९ घर भएका ३० वर्षीय अनिल तामाङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij