Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

नेपाल एसबिआई बैंकको नाफा ५० करोड माथि, यस्ता छन् अन्य सूचकहरु

नेपाल एसबिआई बैंकको नाफा ५० करोड माथि, यस्ता छन् अन्य सूचकहरु


  • 883
    Shares

    नेपाल एसबिआई बैंकको नाफा ५० करोड माथि, यस्ता छन् अन्य सूचकहरु

    काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८२\८३ को तिन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको नाफा दोहोरो अंकले घटेको छ । 

    तीन महिनामा बैंकले ५० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तीन महिनामा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    बैंकको सञ्चालन मुनाफा १ अर्ब २१ करोड ३० लाख रुपैयाँबाट घटेर ७१ करोड ५७ लाख रुपैयाँमा झरेको छ भने बैंकको खराब कर्जा १.८४ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत कायम भएको छ।

    नाफासँगै बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । यस अवधिमा १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ। बैंकले १ खर्ब ३८ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    हाल बैंकको चुक्ता पूँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ र रिजर्भ कोषमा ८ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ।

    बैंकको प्रतिशेयर आम्दानी पनि २९.९० रुपैयाँबाट घटेर १८.४१ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १९३.१६ रुपैयाँ रहेको छ।

     

     

     

     

    images
    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - १४:५२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij