२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन् ।
विप्लवसँग शुक्रबार बिहान शर्मा र भुसालले गरेको भेटमा नयाँ परिस्थितिमा कसरी सहकार्य घनिभूत उचाइमा लैजान सकिन्छ भनेर छलफल भएको भुसालले जानकारी दिएका छन् ।
छलफलमा आजको राजनीतिक अन्योलको समाजवादी कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर सामना गर्नुपर्नेमा तीनवटै नेताहरुको जोड रहेको बताइएको छ ।
‘हामी सहकार्यमा छौं। आजको मुलुकको आवश्यकताअनुसार सहकार्यलाई विस्तार गर्ने, घनिभूत बनाउनेतर्फ छलफल गर्दैछौं,’ बैठकपछि भूसालले भने, ‘मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्नेगरी सहकार्यलाई विकसित गर्दै जानेछौं।’
उनीहरूबिच आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे समेत कुराकानी भएको बताइएको छ । यद्यपि यसबारे ठोस निष्कर्षमा पुगिनसकेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij