Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

काँग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः बद्री अर्याल

काँग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः बद्री अर्याल


  • 414
    Shares

    काँग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः बद्री अर्याल
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता बद्री अर्यालले नेपाली काँग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले काँग्रेसका लागि तत्काल विशेष महाधिवेशन गर्नु धोका हुने बताएका हुन् ।

    नेपाली काँग्रेसमा महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद गहिरिँदै गएको अवस्थामा जारी केन्द्रिय समिति बैठकमा संस्थापन र इतर समूहले अलग-अलग महाधिवेशनको कार्यतालिका पेश गरेका छन् ।

    नेता अर्यालले पार्टीमा विशेष महाधिवेशनको प्रश्ताव दर्ता हुनुको कुनै औचित्य नरहेको बताएका छन् । विशेष महाधिवेशनले पार्टीको केन्द्रिय पंक्तिमा मात्र फेरबदल हुने तर प्रदेश र स्थानीय तहमा कुनै बदलाव नहुने भएकाले विशेष महाधिवेशन अहिले समय सान्दर्भिक नहुने नेता अर्यालले बताएका छन् ।

    उनले भने, ‘पार्टीमा विशेष अधिवेशनको एउटा प्रश्ताव दर्ता भयो । विशेष अधिवेशन केका लागि दर्ता भयो भने त्यसको कुनै सिंह पुच्छर छैन, विधानले दर्ता गर्न पाइन्छ भनेको छ । तर दर्ता गर्ने आधार त्यसको उपलब्धि के हो, नतिजा के आउँछ, विशेष अधिवेशन भएपछि के हुन्छ भन्ने पटक पटक साथीहरुले त्यही १४ सालमा भएको थियो नि भन्ने कुरो भन्दा केही पनि आएन । त्यही भएर विशेष अधिवेशन अहिले समय सान्दर्भिक छैन । नेपाली काँग्रेस पार्टीका लागि विशेष अधिवेशन सरासर धोका हो ।’  

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १५:०९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij