Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेलामा जिल्ला सभापतिहरू सहभागी, दुर्लभ थापाले गरे अध्यक्षता

कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेलामा जिल्ला सभापतिहरू सहभागी, दुर्लभ थापाले गरे अध्यक्षता


  • 939
    Shares

    कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेलामा जिल्ला सभापतिहरू सहभागी,  दुर्लभ थापाले गरे अध्यक्षता

    काठमाडौं ।  कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको भेलामा प्रदेश र जिल्ला सभापतिहरू उपस्थित भएका छन् । अनुपम फुडल्याण्डमा सुरु भएको भेलामा नेपाली कांग्रेसका प्रदेश र जिल्ला सभापतिहरु भएका हुन् ।

    भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन् ।

    काठमाडौंमा आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् भने भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेशका महामन्त्री भेपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत सहभागी रहेका छन् ।

    विशेष महाधिवेशन मागेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मङ्गलवार विशेष भेला गरेपछि संस्थापन र इतर समूहका नेता डा।शेखर कोइराला समूहका युवा नेताहरूले नियमित महाधिवेशनको माग गर्दै भेला गरेका हुन् ।

    images
    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १३:२८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij