Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

एन्फा मुख्यालयमाको गेटमै खेलाडीले झुन्ड्याए मेडल

एन्फा मुख्यालयमाको गेटमै खेलाडीले झुन्ड्याए मेडल


  • 302
    Shares

    एन्फा मुख्यालयमाको गेटमै खेलाडीले झुन्ड्याए मेडल
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याएका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् ।

    खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । खेलाडी संघका अध्यक्ष विक्रम लामाले मेडल त्यहीँ छाडेर जाने बताएका छन् । पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ ।

    एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ ।

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १३:०९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij