Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

सोह्रखुट्टेको फेवा दर्शन होटलबाट झण्डै ११ लाखसहित २५ जुवाडे पक्राउ

सोह्रखुट्टेको फेवा दर्शन होटलबाट झण्डै ११ लाखसहित २५ जुवाडे पक्राउ


  • 5.6K
    Shares

    • images
    सोह्रखुट्टेको फेवा दर्शन होटलबाट झण्डै ११ लाखसहित २५ जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको सोह्रखुट्टेबाट जुवा खेल्ने २५ जना पक्राउ परेका छन्। मंगलबार प्रहरीको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

    होटल सञ्चालक पिताम्बर गौतमसहित २५ जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

    एसएसपी सिंहका अनुसार उनीहरूबाट प्रहरीले १० लाख ९० हजार बढी रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले क्यासिनोमा खेल्न प्रयोग गरिने क्वइनहरू समेत बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १२:४०:१९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij