Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य


  • 414
    Shares

    नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य
    images

    काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट क्षतिमा २३९ रन जोड्यो ।

    बलियो स्कोरतर्फ लम्किँदै गर्दा दुईवटा रनआउटले नेपालको गतिमा ब्रेक लगाइदिएको थियो । राम्रो लयमा देखिएका आसिफ शेख र दीपेन्द्रसिंह ऐरी रनआउट भएका थिए । आउट हुनुअघि आसिफले ३४ रन र दीपेन्द्रले ३७ रन जोडेका थिए ।

    नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्लले सातौँ नम्बरमा आएर महत्वपूर्ण योगदान दिए । यस्तै, आरिफ शेखले ३० रन बनाएर आउट भए ।

    दशौं नम्बरमा आएका सन्दीप लामिछानेले आक्रमक ब्याटिङ गर्दै १० बलमा १५ रन बनाउँदै नेपालको स्कोर माथि उकास्न मद्दत गरे । अन्तिम बलमा ललित नारायण राजवंशीले चौका निकाल्न सफल भए । युएईका जुनैद सिद्दिकी र ध्रुव परासरले दुई–दुई विकेट लिए ।

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - १५:२९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij