२०८२ भाद्र ३ गते मंगलवार
गुल्मी । कोरोना संक्रमणका कारण गुल्मीका एक शिक्षकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–७ का ५५ वर्षीय शिक्षकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मंगलबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिए ।
उनी महेन्द्र आदर्श माध्यमिक विद्यालयका ती शिक्षकमा वैशाख २० गते कोरोना पोजेटिभ देखिएको थियो । उनलाई वैशाख २४ गते थप उपचारका लागि चितवन पठाइएको थियो ।
गुल्मीमा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । अहिले ६४० जना सक्रिय संक्रमित छन् । १०४ जना संक्रमित उपचारपछि निको भएको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij