Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोरोना संक्रमितको मृत्यु भएपछि अस्पतालमा तोडफोड, दुई जना पक्राउ

कोरोना संक्रमितको मृत्यु भएपछि अस्पतालमा तोडफोड, दुई जना पक्राउ


  • 6.7K
    Shares

    कोरोना संक्रमितको मृत्यु भएपछि अस्पतालमा तोडफोड,  दुई जना पक्राउ

    जनकपुरधाम । सिकिस्त संक्रमितलाई समयमै भर्ना नगर्दा मृत्यु भएको भन्दै एक समूहले जनकपुर प्रादेशिक कोभिड अस्पतालमा  तोडफोड गरेको छ ।

    तोडफोडबाट दुईवटा भेन्टिलेटर, झ्याल, फर्निचरसहितका सामानमा क्षति पुगेको छ । तोडफोडमा संलग्न समूहले नर्समाथि समेत हातपात गरेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा।प्रमोद यादवले जानकारी दिए ।

    महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय सुखीचन महतोको मंगलबार साँझ अस्पतालमा मृत्यु भएपछि तोडफोड भएको हो ।

    ५–६ जााको समूहमा रहेका मृतकका आफन्तसहितको समूहले तोडफोड गरेको डा.यादवको भनाइ छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकी फरार भएका प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - ११:२६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij