२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताएका छन् । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताएका छन् । उनले नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेनजी विद्रोह भएकोले यसलाई स्वीकार गर्दै पार्टीलाई रुपान्तरण गर्ने कोशिसहरु पार्टीभित्र असफल भएको उनको भनाई छ ।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाएका छन् । सिमित एक वा दूई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी एकताको नाटक गरिएको उनको भनाई छ ।
उनले भने, ‘विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई पारदर्शी बनाउने, पार्टीलाई सुशासनको पक्षमा र जनतातिर जवाफलदेही बनाउने, पार्टीभित्र विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर, पुर्नसंरचना गरेर अगाडी बढाउने भनेर बहस गर्दै आएको कुरा यहाँहरुलाई जानकारी नै छ । पछिल्लो समयसम्म आईपुग्दा जेनजी आन्दोलनले पनि स्पष्ट गरिसक्यो पार्टीभित्र दलतन्त्रको कुरा, नेतातन्त्रको कुरा, भ्रष्टाचारका कुरा त्यसकै कै जगमा जेनजी विद्रोह भयो । त्यसले पनि स्पष्ट गरिसकेको छ । यो यर्थात् कुरालाई रुपान्तरण गर्ने हाम्रा कोशिसहरु पार्टीभित्र सफल भएनन् । आज झन अझ भद्रगोल बनाएर, अझ विधिविहीन बनाएर, अझ सिमित एक वा दुई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगर जो एकताको नाटक गरिएको छ । जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार विरोधी माग र भावना विपरित जे एकता भईरहेको छ, त्यसको प्रति हामी सहमति हुन सकेनौँ ।’
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij