Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?

मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?


  • 589
    Shares

    मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?
    images

    काठमाडौं । एउटा रोचक भनाइ छ, ‘पुरुषहरूले हरेक सात सेकेन्डमा यौनको बारेमा सोच्छन् ।’ के यो सत्य हो ? यदि हो भने उनीहरूले घर परिवार, करियर, मनोरञ्जन, किनमेल, पढाइ आदिबारे आंशिक मात्रामा सोच्छन् ?

    यस सम्बन्धमा बीबीसीमा एउटा लेख छापिएको छ । लेखमा केही विशेषज्ञ र उनीहरूको अध्ययनलाई आधार मानेर यही प्रश्नको फेरो खोज्ने यत्न गरिएको छ । र निचोडमा भनिएको छ, ‘पुरुषले दिनमा औसत १९ पटकसम्म यौनको विषयमा सोच्न सक्छन् ।’

    यसैगरी साइकोलोजी टुडेमा यस्तै अर्को लेख छ । लेखमा भनिएको छ, ‘यौनको विषयमा महिलाले भन्दा बढी पुरुषले सोच्ने गर्छ भन्ने आम बुझाइ छ । तर, अध्ययनहरूमा के पाइएको छ भने यी दुई बीचको तुलनात्मक भिन्नता एकदमै कम छ । पुरुषले दिनमा औसत ८ पटक यौनको कुरा सोच्छन् भने महिलाले लगभग ६ पटक सोच्छन् ।

    आखिर जे होस्, मान्छेले दिनभरमा कुनै न कुनै बेला यौनको कुरा मनमा खेलाउँछन् ।

    मनोविश्लेषणका जनक भनिने सिग्मण्ड फ्रायडले भनेका छन्, ‘यौन चिन्तन एक स्वभाविक प्रक्रिया हो । यो अपरिहार्य पनि छ, किनभने यौन मान्छेको जैविक प्रकृति र सामाजिक–सांस्कृतिक प्रभावको संयोजन हो ।’

    उनका अनुसार यौन शारीरिक कार्य मात्र नभई मानसिक एवं भावनात्मक प्रक्रिया पनि हो । यौन चिन्तन मान्छेको स्वभाविक अभिव्यक्ति हो, जुन अवचेतनमा गहिरो रुपमा जोडिएको हुन्छ । मान्छेको दिमागमा यौनका विषयमा कुराहरू आउनु कुनै अनौठो वा भिन्न कुरा होइन ।

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १५:५४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij