Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नेप्सेमा २७ अंकको गिरावट, ५ अर्बमा खुम्चियाे काराेबार

नेप्सेमा २७ अंकको गिरावट, ५ अर्बमा खुम्चियाे काराेबार


  • 1.0K
    Shares

    नेप्सेमा २७ अंकको गिरावट, ५ अर्बमा खुम्चियाे काराेबार
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २७.६४ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ । 

    आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोडको शेयर कारोबार भएको छ । 

    सबै समूहका सूचक घटेको छ । फाइनान्स सबैभन्दा धेरै २.२१ प्रतिशत घट्यो । बैंकिङ ०।६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै एनआरएनको कम्पनीको २७ करोड माथिको शेयर कारोबार भएको छ भने राधि विद्युतको २२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  

    18.JPG

     

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १५:२२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij