Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोरोनाबाट प्रदेशसभा सदस्य पशुपति चौलागाईँको मृत्यु

कोरोनाबाट प्रदेशसभा सदस्य पशुपति चौलागाईँको मृत्यु


  • 5.1K
    Shares

    कोरोनाबाट प्रदेशसभा सदस्य पशुपति चौलागाईँको मृत्यु

    हेटौँडा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

    कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पताल भर्ना गरिएका उनको अवस्था सामान्य थियो । तर विस्तारै स्वास्थ्यमा समस्या आएपछि गम्भीर बिरामी परेका उनको निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    स्वास्थ्यमा समस्या देखिएपछि गत २० गते पिसीआर परीक्षण गरेका चौलागाईंलाई २१ गते कोरोना पुष्टि भएको थियो । नेता चौलागाईं दोलखा ‘ख’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - ११:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij