Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भेटियो पाङबारी पिक हिमाल आरोहरणको क्रममा बेपत्ता भएका दुई विदेशीको शव

भेटियो पाङबारी पिक हिमाल आरोहरणको क्रममा बेपत्ता भएका दुई विदेशीको शव


  • 925
    Shares

    • images
    भेटियो पाङबारी पिक हिमाल आरोहरणको क्रममा बेपत्ता भएका दुई विदेशीको शव

    काठमाडौं । पाङबारी पिक हिमाल आरोहरण क्रममा बेपत्ता भएका दुई विदेशीको शव भेटिएको छ। 

    गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । 

    गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी पिक हिमाल आरोहण गर्ने क्रममा कात्तिक १२ गतेदेखि बेपत्ता भएका दुई इटालियन नागरिकको शव भेटिएको हो। 

    पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले खबरसेन्टरलाई जानकारी दिए।। दुवै जनाको शव  हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए।

    हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव भेटिएको हो । डिएसपी श्रेष्ठले भने। उनीहरू कात्तिक १२ गतेदेखि हराइरहेका थिए। 

     

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १३:२९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij