Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

७२ जिल्लामा निषेधाज्ञा : अब पाँच मात्र बाँकी, कहाँ र कहिलेसम्म (सूचीसहित)

७२ जिल्लामा निषेधाज्ञा : अब पाँच मात्र बाँकी, कहाँ र कहिलेसम्म (सूचीसहित)


  • 6.1K
    Shares

    • images
    ७२ जिल्लामा निषेधाज्ञा : अब पाँच मात्र बाँकी, कहाँ र कहिलेसम्म (सूचीसहित)

    काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ। 

    लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ।

    मन्त्रिपरिषद्को निर्णयानुसार कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्छन्। मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण (जिल्लाभर) र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ। 

    निषेधाज्ञा घोषणा गरिएकामध्ये सात जिल्ला काभ्रे, मकवानपुर, रामेछाप, ताप्लेजुङ,  सिन्धुपाल्चोक, धनकुटा र सप्तरीमा संक्रमित बढी देखिएका ठाउँमा मात्रै निषेधाज्ञा लागू भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन्। नेपालका ७७ वटा जिल्ला मध्ये मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम गरी ५ वटा जिल्लामा मात्र निषेधाज्ञा लागु भएको छैन्। 

    तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने ब्यवस्था छ। काठमाडौं उपत्यकामा यसअघि लागु गरिएको निषेधाज्ञा आज राति सकिदैछ। भोलिदेखि थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भइसकेको छ। 

    कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा हेर्नको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

    https://drive.google.com/file/d/1x578RLSXED-5riCK35BrBcTnHZ8lumOQ/view

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - ११:५१:२९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij