Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद्का स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा, करिब ६० जनाको पद गुम्ने

संसद्का स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा, करिब ६० जनाको पद गुम्ने


  • 1.5K
    Shares

    • images
    संसद्का स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा,  करिब ६० जनाको पद गुम्ने

    काठमाडौं । संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय लागू भएको हो ।

    यस अनुसार तत्काल करिब ६० जनाको पद गुम्ने देखिएको छ । यसमध्ये ५१ जना अधिकृत र ९ जना उपसचिव सरहका स्वकीय सचिव रहेका छन् । 

    सभामुख र राष्ट्रिय सभा अध्यक्षले एकजना सहसचिव, एकजना उपसचिव र एकजना अधिकृत सरहको स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए भने त्यसलाई यथावत् राखिएको छ । प्रतिनिधिसभाका सांसद र राष्ट्रिय सभाका सदस्यले अधिकृत स्तरको सुविधा पाउँदै आएका थिए । यो सुविधा पनि अब हटेको भएको छ ।

    त्यसैगरी, विपक्षी दलको नेता, उपसभामुख र प्रतिनिधिसभाको विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता, सत्ता पक्षका नेता र सत्ता पक्षको मुख्य सचेतक, विपक्ष दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र सभापति, दलको प्रमुख सचेतक र सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकले पनि उपसचिव स्तरको स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए । यो सुविधा भने काटिएको छ  । 

     

     

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १०:२८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij