Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

बुटवलमा कोरोनाले थप ६ जनाको मृत्यु, ५ पुरुष र १ महिला

बुटवलमा कोरोनाले थप ६ जनाको मृत्यु, ५ पुरुष र १ महिला


  • 4.9K
    Shares

    • images
    बुटवलमा कोरोनाले थप ६ जनाको मृत्यु,  ५ पुरुष र १ महिला

    रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप ६ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष र १ महिला छन् । 

    मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको बुधबार बिहान ७ बजेर ५२ मिनेटमा र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए । त्यसअघि मंगलबार राति ४ जनाको मृत्यु भएको थियो ।

    गौतमका अनुसार मंगलबार भर्ना भएका ३८ वर्षीय पुरुषको राति ११ बजे, २६ गते भर्ना भएका ३५ वर्षीय पुरुषको साँझ साढे ६ बजे, २६ गते भर्ना भएका ५२ वर्षीय पुरुषको साँझ साढे ५ बजे र २८ गते भर्ना भएका ४४ वर्षीय पुरुषको साँझ ७ बजे मृत्यु भएको हो । उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए ।

     

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - ११:४२:४१ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij