Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

राजदूत रमेशचन्द्रले गरे राष्ट्रपतिलाई स्वागत

राजदूत रमेशचन्द्रले गरे राष्ट्रपतिलाई स्वागत


  • 407
    Shares

    राजदूत रमेशचन्द्रले गरे राष्ट्रपतिलाई स्वागत
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार कतार भ्रमणमा पुग्दा कतारका लागि नेपाली रमेशचन्द्र पौडेलले स्वागत गरेका छन् । जसलाई सुशीला कार्की नेतृत्वको सरकारले राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    एक दिन अघिमात्रै सर्वोच्च अदालतले उनीसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ताहरू प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले दायर गरेको रिटमा न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो । उक्त आदेशसँगै राजदूत पौडेलले पौडेललाई दोहामा स्वागतको अवसर पाएका हुन् ।

    राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुगेका छन् । 

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १५:२८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij