Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते


  • 5.2K
    Shares

    ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ मा मंगलबार राति ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएका छन् ।

    बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी गएराति ८ बजे ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।

    ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । दुर्घटनाको कारण भने खुलेको छैन ।

    दुर्घटनामा ३८ वर्षीय रतिकला विक घाइते भएकी छन् । उनी मृतक जोकबहादुरकी पत्नी हुन् । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि उनलाई राति नै काठमाडौं ल्याएको छ ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १०:२३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij