Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

मंसिर २७ गतेका दिन नेपालको इतिहासकै ठूलो जनसभा गर्छौं, हामी देखाउन चाहन्छौं, : शंकर पोखरेल

मंसिर २७ गतेका दिन नेपालको इतिहासकै ठूलो जनसभा गर्छौं, हामी देखाउन चाहन्छौं, : शंकर पोखरेल


  • 750
    Shares

    मंसिर २७ गतेका दिन नेपालको इतिहासकै ठूलो जनसभा गर्छौं, हामी देखाउन चाहन्छौं, : शंकर पोखरेल
    images

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरेका छन् ।

    सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको उनले जानकारी दिएका छन् ।

    यसअघि बसेको सचिपवालय बैठकले देशभरका विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो ।

    जस अनुसार, एमालेले यही कात्तिक २२ गते देशैभरी सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जन र्‍याली, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली तथा सभाको आयोजना गर्ने जानकारी गराएका छन् ।

    उनले थप भने, ‘२७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैन ।’

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १४:२४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij