Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु, २० जना घाइते

भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु, २० जना घाइते


  • 295
    Shares

    भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु, २० जना घाइते
    images

    काठमाडौं ।  भारतको तेलंगना रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो ।

    समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । 

    तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुस्ख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् ।

    प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रदान गरिनेछ । 

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १२:५८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij