२०८२ कार्तिक १८ गते मंगलवार
                                                    काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षे कार्यकालसहित सीईओको जिम्मेवारी दिइएको बैंकका कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिएका छन् ।
शाक्यले आगामी ३० दिनभित्र बैंकमा सईओको कार्यभार सम्हाल्नेछन् । बैंक सञ्चालक समितिले शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको छ।
तीन दशक लामो अनुभव भएका शाक्य हाल नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ रहेका हुन् । यसअघि उनी ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक लगायतमा काम गरेको अनुभव छ ।
एनआइसी एसिया बैंकबाट तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij