Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतमा तीन लाख ४८ हजार भन्दा बढीमा संक्रमण पुष्टि, ४२०० को मृत्यु

भारतमा तीन लाख ४८ हजार भन्दा बढीमा संक्रमण पुष्टि, ४२०० को मृत्यु


  • 6.3K
    Shares

    भारतमा  तीन लाख ४८ हजार भन्दा बढीमा संक्रमण  पुष्टि,  ४२०० को मृत्यु

    भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यामा कमी आउन थालेको छ । कोभिड-१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको हो ।

    वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४८ हजार पाँच सयमा संक्रमण पुष्टि भएको छ । गत साता भारतमा दैनिक संक्रमितको संख्या साढे चार लाख नाघेको थियो । भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार नाघेको छ ।

    कोभिड–१९ संक्रमणको कारण भारतमा पछिल्लो २४ घण्टामा ४२०० ले ज्यान गुमाएका छन् । मृत्युदरमा भने कमी आउन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हाल भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार दुई सय २५ पुगेको छ । यो बुधबार बिहान सात बजेसम्मको तथ्यांक हो ।

    भारतमा हाल करिब साढे ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् जुन अघिल्लो दिनभन्दा ३० हजारले कमी हो । हालसम्म एक करोड ९० लाख २७ हजार व्यक्ति कोरोनाभाइरसबाट समुक्त भएका छन् ।

    कोरोनाभाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि भारत सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन छ ।

    कोरोनाभाइरसको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयल अनुसार गत जनवरीबाट शुरु भएको खोप अभियानमार्फत् हालसम्म १७ करोड २० लाख व्यक्ति लाभान्वित भएका छन् । गत मे १ तारिखबाट शुरु भएको तेस्रो चरणको खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप दिन थालिएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३० करोड नमुना परीक्षण गरिएको जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १०:१३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij