Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

नयाँ पार्टीको चुनाव चिह्न तारा राख्दा बामदेव गौतम खुसी

नयाँ पार्टीको चुनाव चिह्न तारा राख्दा बामदेव गौतम खुसी


  • 554
    Shares

    नयाँ पार्टीको  चुनाव चिह्न तारा राख्दा बामदेव गौतम खुसी
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलहरुबीच एकता गरेर बन्ने नयाँ पार्टीको चुनाव चिह्न तारा राख्दा बामदेव गौतमले आफू सबैभन्दा बढी खुसी भएको बताएका छन् ।

    पार्टी एकताको निर्णय गर्न हिजो भएको ८ घटकका नेताहरुको बैठकमा गौतमले आफ्नो खुसी साटेका हुन् । ‘यो चिह्न मैले चुनेको हुँ । घुम्दै फिर्दै तारा र मेरो फेरि भेट भयो,’ गौतमले भने, ‘म धेरै खुसी छु ।’

    एमालेबाट अलग भएर गौतमको नेतृत्वमा २०५४ मा बनेको मालेको चुनाव चिह्न तारा थियो । २०५६ सालमा मालेका उम्मेद्वारहरुले तारा चिह्न नै प्रयोग गरेका थिए ।

    तर गौतमले माले पार्टीलाई एमालेमै मिसाए । सीपी मैनाली सहितका केही नेताहरु एमाले फर्किएनन् । उनीहरुले जोगाएर राखेको चिह्न तारालाई नयाँ पार्टीले प्रयोग गर्ने भएको छ ।

    संयोग, गौतम पनि केही समय अगाडि मात्र एकीकृत समाजवादी प्रवेश गरेका हुन् । ‘मैले चुने पनि छोडेको थिएँ । फेरि यो चिह्नसँग मेरो भेट भयो,’ गौतमले नेताहरुसँग भनेका छन् ।

    नयाँ पार्टीको नाम भने टुंगो लाग्न बाँकी छ । नेकपा (समाजवादी), नेपाली कम्युनिष्ट पार्टी वा नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) राख्ने भन्नेमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १०:४२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij