Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

सुदन र बालेनको व्यवहारले अलमलमा कुलमान

सुदन र बालेनको व्यवहारले अलमलमा कुलमान


  • 316
    Shares

    सुदन र बालेनको व्यवहारले अलमलमा कुलमान
    images

    काठमाडौं । नयाँ पार्टी खोल्ने विषयमा निरन्तर छलफलमा रहेका कुलमान स्वयंले सुमना, सुदन र बालेनको समूहसँग एकाएक टाढिन पुगेका छन् । सुरुमा कुलमान स्वयंले यी समूहसँग यस विषयमा कुरा अगाडि बढाएका थिए । उनीहरू कुलमानलाई नै मुख्य नेता मानेर पार्टी गठन पनि तयार भएका छन् । तर, अन्तिम चरणमा पुगेर उनी अलमलमा देखिएको अरू समूहको बुझाइ छ ।

    आफैँ दल दर्ताका लागि लामो समयदेखि तयारी गरिरहेका कुलमान GenZ आन्दोलनपछि बालेन र सुदनलगायत GenZ का विभिन्न समूहसँग छलफलमा थिए । तर, सुदनलगायत युवाहरूको शैलीका कारण उनी सहकार्य गरिहाल्ने आँट गर्न तयार हुन सकेका छैनन् । सुदनले अहिले सरकार सञ्चालनका क्रममा देखाएको गतिविधि र बालेनले सामाजिक सञ्जालमार्फत देखाइरहेको व्यवहारले कुलमान हच्किएका हुन् ।

    तर, निर्वाचनलाई केन्द्रित गरेर खोल्न लागेको पार्टीमा बालेन र अन्य GenZ सँग नजिक रहेका समूहसँग सहकार्य नगर्दा अपेक्षित परिणाम नआउने डरले उनी टाढिन पनि सकेका छैनन् । तर, आइतबार राति कुलमान सम्पर्कमा पुगे उनकै अध्यक्षतामा दल दर्ताका लागि आयोगमा जानेछन् ।

    दल निर्माणकै विषयमा छलफल गर्नका लागि विभिन्न समूह र वैकल्पिक दाबी गर्ने नयाँ पार्टीका नेताहरूबीच चरणबद्ध छलफल भएको थियो । तर, कसैसँग कुरा मिल्न नसकेपछि बालेन र सुदनबीच एक्लाएक्लै भेट भएको थियो । अहिलेसम्म बालेन कतै पनि छलफलमा आफैँ उपस्थित भएका छैनन् । उनको तर्फबाट सागर ढकाल नै प्रतिनिधित्व गरिरहेका छन् ।

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - ०८:०१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij