Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सरकारी सरहको पारिश्रमिक पाउने सहमतिपछि आन्दोलनरत निजी अस्पतालका नर्सहरु काममा फर्किए

सरकारी सरहको पारिश्रमिक पाउने सहमतिपछि आन्दोलनरत निजी अस्पतालका नर्सहरु काममा फर्किए


  • 1.7K
    Shares

    सरकारी सरहको पारिश्रमिक पाउने सहमतिपछि आन्दोलनरत निजी अस्पतालका नर्सहरु काममा फर्किए
    images

    काठमाडौं । उचित तलब सुविधाको माग गर्दै आन्दोलनरत निजी क्षेत्रबाट सञ्चालित अस्पतालका नर्सहरु सरकारसँगको सहमतिपछि काममा फर्किएका छन् । निजी मेडिकल कलेजहरु र ठूला निजी अस्पतालबाट कात्तिक महिनादेखि नै पूर्णरूपमा सरकारी पाँचौं तह सरह (मासिक ३४ हजार ७३० रुपैयाँं) तलब दिलाउने सहमति भएपछि उनीहरु काममा फर्किएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रकाश बुढाथोकीले नर्सहरु र निजी मेडिकल कलेज तथा अस्पतालहरुसँग २३ बुँदे सहमति भएको बताएका छन्। प्रवक्ता बुढाथोकीले बाँकी ठूला-साना अस्पतालहरुलाई वर्गीकरण गरेर ठूलालाई तत्कालै र मध्यमलाई केही हप्ता वा केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको बताएका छन् । एक महिनाभित्र अस्पतालहरुको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पु¥याउने सहमति भएको उनको भनाइ छ । 

    उनले कुनैपनि अस्पताल वा मेडिकल कलेजमा कार्यरत नर्सहरुले खाईपाई आएको तलब पाँचौं तहभन्दा बढी भएपनि नघटाउने समेत सहमति भएको बताएका । उनका अनुसार नर्सहरूको माग सम्बोधनका लागि तत्कालीन सरकारले गठन गरेको अध्ययन कार्य दलको समयावधि एक महिना थपिएको छ । उनले थपिएको अवधिमा कार्य दलले निजी क्षेत्रबाट सञ्चालित सबै अस्पतालहरूको वर्गिकरण गर्ने पनि बताएका छन्। 

    स्वास्थ्य कर्मचारी, निजी मेडिकल कलेज र सरकारबीच भएको त्रिपक्षीय सहमति कार्यान्वयको अवस्थाबारे अध्ययन गर्न सात वटै प्रदेशमा अनुगमन तथा निरीक्षण टोली गठन गरिएको पनि बताएका छन्। उनकाअनुसार नर्सिङ एसोसिएसनका प्रतिनिधि, आन्दोलनरत नर्सका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सम्बन्धीत प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रलयका प्रतिनिधिहरु अनुगमन समितिमा राखिएका छन् । 

    अनुगमन समितिले त्रिपक्षीय सहमति कार्यान्वयन भए-नभएको अनुगमन गरे संघलाई पत्रचार गर्ने बताएका छन् । उनले सहमति कार्यान्वयन नगर्ने निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताएका छन्। 

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १६:१५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij