२०८२ कार्तिक १६ गते आइतवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सरेका छन् । मन्त्रालयका मुख्य कामहरू सिंहदरबारबाट हुने भएपछि मन्त्री पुन आजदेखि सिंहदरबार सरेको उनको सचिवालयका सदस्य सागर ढकालले जानकारी दिए ।
“मन्त्रीज्यू आजैदेखि केशरमहलबाट सिंहदरबार सर्नुभएको छ । सिंहरदरबाटै मन्त्रालयका कामहरू हुन्छन् । केही काम केशरमहलबाट पनि हुन्छन्,” ढकालले भने ।
मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए । उनी ७ असोजदेखि नै केशरमहलमा बस्दै आएका थिए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगजनी भएपछि केशरमहलमा सारिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij