Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

निकोलस भुसाल बेपता, खोज्दै प्रहरी

निकोलस भुसाल बेपता, खोज्दै प्रहरी


  • 554
    Shares

    निकोलस भुसाल बेपता, खोज्दै प्रहरी
    images

    काठमाडौं । हिंसा भड्काउने अभिव्यक्ति दिएपछि प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गर्ने तयारी गरेको छ । भुसालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी९सीडीओ० छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

    भुसालको भड्काउपूर्ण अभिव्यक्तिपछि प्रहरीले भक्तपुरको गुण्डु स्थित ओली निवासमा सुरक्षा सतर्कता अपनाएको छ ।भुसालले सामाजिक सञ्जालमा भड्काउपूर्ण अभिव्यक्ति दिएपछि तरुण दलका एक जना कार्यकर्ताले उनको समूहलाई प्रतिकारको चेतावनी दिएका छन् । 

    नेकपा एमाले निकट युवा स्वयंसेवक बलले आइतबार गुण्डुमा भेला आयोजना गरेको छ । सो बलले मोटरसाइकल र्‍याली समेत आयोजना गरेपछि भुसालमाथि ‘थ्रेट’ बढेको प्रहरीको विश्लेषण छ ।

    प्रहरीले भुसाललाई खोजिरहेको छ । मुठभेट हुन नदिनको लागी भुसाललाई नियन्त्रणमा लिन खोजिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले  बताए । भुसाल सञ्चार सम्पर्क विच्छेद गरेर बसेका प्रहरी स्रोतले बतायो । 

    यसअघि गत असोज २३ मा काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए ।

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १४:२६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij