Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, नेसपा र नेकपा माओवादीमा विलय हुने

कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, नेसपा र नेकपा माओवादीमा विलय हुने


  • 1.4K
    Shares

    कार्तिक १८ गते पार्टी एकीकरण गर्दै माधव-प्रचण्ड, नेसपा र नेकपा माओवादीमा विलय हुने
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समूह र नेकपा माओवादी केन्द्रबीच १८ गते पार्टी एकीकरण हुने विषयमा छलफल चलिरहेको छ। 

    माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच १८ गते पार्टी एकीकरण गर्ने विषयमा सहमति जुटिसकेको एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले जानकारी दिए । 

    दुई नेताको सहमतिसँगै पार्टीका तल्ला तहका नेतादेखि केन्द्रीय स्तरका नेतासम्मलाई मिसाएर १८ गते नै पार्टी एकीकरण हुनसक्ने राईको भनाइ छ। यस्तै महेन्द्र राय नेतृत्वको नेसपा र नेत्रविक्रमचन्द विप्लव नेतृत्वको नेकपाका केही नेताहरू पनि सोही दिन माओवादीमा विलय हुनेछन् । 

    नेसपाका सबै नेताहरू माओवादीसँगको एकताको पक्षमा छन् भने विप्लव टिमका केही नेताहरू मात्रै एक हुने पक्षमा छन् । उपमहासचिव राईका अनुसार एकीकरण पछाडि पार्टीमा अध्यक्ष नेपाल र संयोजक प्रचण्डको पद एकै रहने बताइएको छ। 

    ‘संयोजक रहने अथवा अध्यक्ष रहने उहाँहरूको पद एकै रहन्छ । पार्टीमा उहाँहरूको हैसियत समान रहन्छ।’ उनले भने, ‘हामी कोही स्थायी कमिटी सदस्य र कोही केन्द्रीय सदस्य पदमा रहनेछौं।’ राईका अनुसार एकीकरण पछि एक व्यक्तिलाई बहुपद भने दिइने छैन।

    प्रकाशित मिति :कार्तिक १५ २०८२ शनिवार - १८:३५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij