Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात : पर्यटक उत्साहित

लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात : पर्यटक उत्साहित


  • 1.1K
    Shares

    लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपात : पर्यटक उत्साहित
    images

    काठमाडौं । पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङटाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन् । दुई दिनदेखि लगातार परेको वर्षापछि त्यस क्षेत्रमा हिमपात पर्दा घुम्न गएका पर्यटक रमाइरहेको देखिन्छ ।

    गोसाईंकुण्ड गाउँपालिका-४ का अध्यक्ष ढिण्डुप तामाङले अहिले लाङटाङ क्षेत्रमा ६० जना विदेशीसहित करिब १५० पर्यटक रोमाञ्चित बन्दै हिमपातको वातावरणबिच रमाइरहेको जानकारी दिएका छन् । 

    खाद्यान्नको जोहो पहिला नै भइसकेका कारण आगन्तुक पाउनालाई खान बस्न कुनै समस्या नभएको लाङटाङ पदमार्गका व्यवसायीले बताएका छन् ।

    यसैबिच मौसमसम्बन्धी विस्तृत जानकारी लिएर मात्र लाङटाङलगायत हिमाली भेगको पदमार्गमा यात्रा गर्न रसुवा जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ । हिमपातसँगै अत्यधिक चिसो हुने हुँदा न्यानो ज्याकेट, सुइटर, टाउजरलगायतका कपडा एवं हिमाली बुट जुत्ता लगाएर पदयात्रामा निस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

    तपस्वी बाबा विजयका अनुसार  समुद्र सतहदेखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाईंकुण्ड क्षेत्रमा अहिले छ इन्च बाक्लो हिमपात भएको भएको छ । 

    गोसाईंकुण्ड जाने बाटोमा पर्ने लौरी विनायकसम्म हिमपात भएको र विशेषगरी आन्तरिक तथा धार्मिक  पर्यटकहरू त्यसक्षेत्रमा रमाइरहेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १६:४५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij