Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

तीन बैठकबाट पनि निस्किएन निकास, दुई दिनका लागि सारियो कांग्रेस केन्द्रीय समिति

तीन बैठकबाट पनि निस्किएन निकास, दुई दिनका लागि सारियो कांग्रेस केन्द्रीय समिति


  • 2.3K
    Shares

    तीन बैठकबाट पनि निस्किएन निकास, दुई दिनका लागि सारियो कांग्रेस केन्द्रीय समिति

    काठमाडौं । शुक्रबार बिहानैदेखि भएका प्रयासले सार्थकता नपाएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि सारिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि सारिएको हो । 

    कांग्रेसमा देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन भएका प्रयास असफल भएपछि बैठक सारिएको नेताहरूले बताएका छन् । पार्टीभित्र डा। शेखर कोइराला नेतृत्वको इतर समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । समूहका नेता डा. कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । 

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका छन् । महामन्त्रीद्वय थापा र शर्माकै निर्देशनमा युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् । 

    capture_CV7FgkQzBZ.png

     

    images
    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १६:२०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij