२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन माग गरेर बुझाइएको हस्ताक्षर एजेन्डा नबनेपछि विशेष भेला आह्वान भएको छ । विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गरेकाहरूले आइतबार विशेष भेला बोलाएका हुन् ।
आइतबार साढे १२ बजे नयाँ वानेश्वरस्थित आनन्द इभेन्ट्समा हस्ताक्षर गरेकाहरूको भेला बोलाइएको हस्ताक्षर अभियानका अगुवा मनोजमणि आचार्यले जानकारी दिएका छन् ।
कांग्रेस युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा २९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।
एजेन्डाको रूपमा आफूहरूको विशेष महाधिवेशन माग सहितको हस्ताक्षर केन्द्रीय समितिमा प्रवेश नगरेपछि दबाबका लागि अभियानले भेला बोलाएको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij