२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ। अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड आजैदेखि लागू भएको जनाएको छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले तीन कागजातसहित ४ सर्त पूरा गर्नुपर्नेछ ।
त्यसका लागि कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने समेत बेहोरा प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा हुनुपर्ने विभागले जनाएको छ ।
यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ रहेको छ ।


 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij