Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नर्सहरूले सरकारी सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै गरे विरोध प्रदर्शन

नर्सहरूले सरकारी सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै गरे विरोध प्रदर्शन


  • 1.4K
    Shares

    • images
    नर्सहरूले सरकारी सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै गरे विरोध प्रदर्शन

    काठमाडौं । नेपाल नर्सिङ सङ्घको आह्वानमा नर्सहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राखेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    सोही क्रममा मिनभवनस्थित सिभिल अस्पतालका नर्सहरूले आज अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा २ घण्टा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।  

    सङ्घले पुनः पेस गरेको माग पुरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ । उक्त कार्यदलको कार्यअवधि छठ पर्वपछि ७ दिन रहेको छ ।  शान्तिपूर्ण प्रदर्शन देशका अन्य अस्पतालमा समेत भइरहेको सङ्घले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - ११:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij