Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरकारले तत्काल राजदूत नियुक्ति नगर्ने

सरकारले तत्काल राजदूत नियुक्ति नगर्ने


  • 1.6K
    Shares

    • images
    सरकारले तत्काल राजदूत नियुक्ति नगर्ने

    काठमाडौं । सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने भएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन् । 

    अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन गरिने उल्लेख गरेका छन् । 

    प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिकाका साथै कार्य मूल्याङ्कनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको बताएका छन् ।

    त्यस्तै मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै उनले त्यस्तै मन्त्रिपरिषद्ले आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३ औँ इन्टरपोलको महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १७:२२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij