२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथीमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त उपरथी पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो।
खड्का विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत छन्। बढुवासँगै अब उनको जिम्मेवारी पनि हेरफेर हुनेछ।
गणेशकुमार श्रेष्ठ रथीमा बढुवा भएपछि एक जना उपरथीको पद रिक्त भएको थियो। त्यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा अवकास भएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij