Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश


  • 1.4K
    Shares

    खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश
    images

    काठमाडौं । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । 

    काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश गरेका हुन् । 

    अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए । मन्त्रीमा सिफारिस भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।

    सुनारलाई काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पूर्जी जारी गरेको थियो ।

    गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १६:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij