Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

अब सवारी लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने, एक हप्ताभित्रै छपाई सुरु गरिँदै

अब सवारी लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने, एक हप्ताभित्रै छपाई सुरु गरिँदै


  • 1.6K
    Shares

    अब सवारी लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने, एक हप्ताभित्रै छपाई सुरु गरिँदै

    काठमाडौं । अब सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    विभागका निर्देशक नरहरि तिवारीका अनुसार केन्द्रले तत्कालका लागि लाइसेन्स स्मार्ट कार्ड छाप्ने गरी मोटामोटी समझदारी बनेको हो । तिवारीले केन्द्रले पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको बताएका छन् । उनका अनुसार ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर वितरण गरिने भएको छ ।

    तिवारीका अनुसार तत्काल आवश्यक परेका र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका  दुवैलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण गरिने भएको छ । 

    छपाइको सुरुवातमा सानो संख्याबाट काम थालिने र क्रमशः बढाउँदै लगिने योजना विभागको रहेको छ । ‘सबै कुरा छलफलकै क्रममा छ, भोलि–पर्सिसम्ममा कहिलेबाट र कसरी छाप्ने भन्नेबारे टुङ्गो लाग्नेछ,’ तिवारीले जानकारी दिएका छन् ।

    वैदेशिक रोजगारीमा जानेलगायत तत्काल लाइसेन्स चाहिनेको हकमा केन्द्रले दैनिक ५ सय लाइसेन्स छापेर तुरुन्त दिने सहमति भएको छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १३:१२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij