Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रधानमन्त्रीको सचिवालयले भन्यो– कसैको दबाब र प्रभावमा गृहमन्त्रीलाई हटाउने निर्णय हुँदैन

प्रधानमन्त्रीको सचिवालयले भन्यो– कसैको दबाब र प्रभावमा गृहमन्त्रीलाई हटाउने निर्णय हुँदैन


  • 1.0K
    Shares

    प्रधानमन्त्रीको सचिवालयले भन्यो– कसैको दबाब र प्रभावमा गृहमन्त्रीलाई  हटाउने निर्णय  हुँदैन

    काठमाडौं । प्रधानमन्त्रीको स्वकीय सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय हुन नसक्ने स्पष्ट पारेको छ । 

    प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्री अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको उल्लेख छ । 

    विज्ञप्तिमा भनिएको छ , ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, । 

    जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेका उल्लेख गरेको छ । 

    संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि उनले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।

    pm-sachib.jpg

     

    images
    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - ११:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij