Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

काठमाडौंमा बिहानदेखि वर्षा, जनजीवन प्रभावित

काठमाडौंमा बिहानदेखि वर्षा, जनजीवन प्रभावित


  • 309
    Shares

    काठमाडौंमा बिहानदेखि वर्षा, जनजीवन प्रभावित
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा बिहानदेखि वर्षा भइरहेको छ। काठमाडौंसहित देशका केही भू-भागमा आज बिहानैदेखि हल्का मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ।

    विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    हिमपात र वर्षाले दैनिक जीवनसँगै पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षापछि जाडो पनि बढेको छ । 

    mausam1.JPG

    mausam.JPG

    प्रकाशित मिति :कार्तिक १३ २०८२ बिहिवार - १०:५४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij