२०८२ कार्तिक १३ गते बिहिवार
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्रिपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल कुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् ।
त्यस्तै, राजनीतिक दलका तर्फबाट विभिन्न दलका १५ जना सहभागी छन् भने जेनजीका तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् । बैठकमा सुदन भने देखिएनन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् ।
यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।
बैठकमा सहभागी जेनजी प्रतिनिधिहरू :
मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिराज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमीत खनाल
राजन रानामगर
बैठकमा सहभागी दलका प्रतिनिधिहरू :
नारायणकाजी श्रेष्ठ
वर्षमान पुन
माधव सापकोटा
प्रकाश अधिकारी
दीपक कार्की
प्रकाश ज्वाला
राजेन्द्र पाण्डे
मोहन श्रेष्ठ
राजेन्द्र गुरुङ
निशा डाँगी
स्वर्णिम वाग्ले
महेश बर्तौला
क्षितिज थेबे
वसन्त कुशवाह
प्रकाशशरण महत
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij