Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

बालुवाटारमा जेनजीसहित त्रिपक्षीय वार्ता सुरु

बालुवाटारमा जेनजीसहित त्रिपक्षीय वार्ता सुरु


  • 596
    Shares

    बालुवाटारमा जेनजीसहित त्रिपक्षीय वार्ता सुरु
    images

    काठमाडौं । निर्वाचनबारे छलफल गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षी बैठक सुरु भएको छ। 

    प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएका बैठकमा दलका तर्फबाट १६ जना, जेजनीका तर्फबाट १४ जना र सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित सहभागी भएका छन्। 

    जेनजी पक्षबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन्।

    त्यस्तै राजनीतिक दलतर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी भएका छन्। 

    सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल,  कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन्। 

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १७:०३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij