Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक

चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक


  • 491
    Shares

    चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक
    images

    काठमाडौं । नेपाली चलचित्र ‘मन बिनाको धनको’ ट्रेलर सार्वजनिक भएको छ । बुधवार एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । 

    कार्तिक २१ गतेदेखि प्रदर्शन हुने चलचित्रमा बालकलाकार अशोक दर्जीको मुख्य भुमिका रहेको छ । चलचित्र बनाउने आफ्नो इच्छा नभए पनि अशोकको चलचित्रमा अभिनय गर्ने चाहना भएकाले चलचित्र निर्माण गरेको निर्देशक बुढाथोकीले बताएका छन् ।

    यो निर्देशक बुढाथोकीको निर्देशनमा डेब्यु चलचित्र समेत हो । चलचित्रले अपेक्षित आम्दानी गरे देशका विद्यालयहरुमा गुरुहरुका लागि कोष खडा गर्ने योजना रहेको चलचित्रका निर्देशक टंक बुढाथोकीले बताएका छन्।

    उनले भने, ‘चलचित्र बन्छ भन्ने त्यस्तो केही थिएन तर जबदेखि हामी जोडियौँ र अशोकको इन्टेस्टहरु बुज्दै जादाँ उ कालाकारीतामा एक्टिभ भएको देखिरहँदाखेरी र मैले पनि धेरै कुराहरु समाजलाई उत्तर दिनुपर्ने भएको कारणले गर्दाखेरी हामीले यो चलचित्र मन बिनाको धन निर्माण गर्ने योजना बनायौं ।’ 

    टंक बुढाथोकीको निर्देशनमा निर्मांण भएको चलचित्रमा अशोकका साथै अग्रज कलकार सन्तोष पन्त, सरोज खनाल, रमा थपलिया, निता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ । 

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १६:४२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij