Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्या, भेटियो यस्तो सुसाइड नोट

‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्या, भेटियो यस्तो सुसाइड नोट


  • 18.7K
    Shares

    ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्या, भेटियो यस्तो सुसाइड नोट

    शिक्षा अधिकृतले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षकाले आत्महत्या गरेकी छन् । डोटी स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काको सुसाइड नोटबाट सो कुराको खुलासा भएको हो । 

    खड्का डोटीको पूर्वीचौकी गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् । उनलाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत शिक्षा अधिकृत गणेशबहादुर रावलले विवाहका लागि दबाब दिएका थिए । विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले खड्काका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएका थिए । 

    रावलको निरन्तरको धम्कीपछि खड्काले गत १० कात्तिकमा घरभन्दा ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन् । जोहेरीपश्चात् ११ कात्तिकमा नै रावललाई पक्राउ गरिसकेको छ । 

    ‘हामीले आज अदालतमा पेस गर्दै छौँ । जाहेरी पर्नेबित्तिक्कै पक्राउ गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालले भने । प्रतिवादी रावल डिभोर्सी हुन् । उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन् । 

    note-1-1761719523.jpgnote-2-1761719523.jpg

    images
    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १५:४९:०५ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij