Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने प्रसाईंको घोषणा

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने प्रसाईंको घोषणा


  • 2.4K
    Shares

    मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने प्रसाईंको घोषणा
    images

    काठमाडौं । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। 

    आज बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन्।

    प्रसाईंले सबै नागरिकलाई आन्दोलनका लागि तयारी गर्न आग्रह गर्दै आवश्यक इन्धन र दैनिक उपभोग्य वस्तुहरू भण्डारण गर्न सुझाए दिएका छन् । 

    उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताएका छन्। आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनको भनाइ छ। उनले आन्दोलन शान्तिपूर्वक हुने दावी गरेका छन्।

    सरकार वार्ताको तयारीमा रहेको र आफूलाई पक्राउ गर्ने चर्चा भए पनि भाग्ने मनसाय नरहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १४:१०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij