२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौंको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।
पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ ।
छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ । २२६ एक्यूआईसहित दिल्ली विश्वै दोस्रो प्रदूषित सहर बनेको हो ।
तेस्रो प्रदूषित शहरमा चीको बेइजिङ रहेको छ भने त्यहाँको वायु प्रदूषण २१५ एक्यूआई मापन गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij